समाचार

आचार्यद्वारा १५० घरपरिवारलाई न्यानो ब्ल्यांकेट वितरण

सप्तरी १२ पुस । तराई मधेसमा यतिबेला निकै जाडो बढेर गएको छ । जाडोको कारण तराईका गरिब तथा विपन्न दलित तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरु कठ्याङ्ग्रिरहेको अवस्था छ ।

त्यसलाई लक्षितगरी वर्षेनी नेपालका उधमी कृष्ण आचार्य, बिष्णु आचार्य, सीता आचार्य, लिमा अधिकारीद्वरा जाडोको न्यानो कपडा वितरण गर्दै आएका छन्, सोही योजना अनुसार यसवर्ष पनि सिराहा सप्तरीमा १५० विपन्न घरपरिवारलाई जाडोको न्यानो ब्ल्यांकेट वितरण गरेका छन् । वितरण कार्यमा राजेश विद्रोहीको नेतृत्वमा श्यामसुन्दर राम, अनिलकुमार चौधरी, जगदेव रामले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।