बिजय कार्की ५,पुस उदयपुर , उदयपुरबाट खोटाङसम्म सडक यातायात जोड्नका लागी उदयपुरको फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलीब्रिज लगाउने काम शुरु भएको छ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आपटार जोड्ने सुनकोशी नदीमा बेलीब्रिज जडान गर्ने काम धमाधम शुरु भएको छ। बेलीब्रिजको काम सकेसम्म मंसिर महिनामै सकेर सर्वसाधारण मानिसहरुलाई यात्राका लागी सहज बनाईने गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार सगरमाथा राजमार्ग अन्र्तगत गाईघाट–दिक्तेल सडक खण्डको १०१ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि धमाधम भैरहेको बताए।
रेग्मी सुगम आदित्य निर्माण सेवाले ६० लाख रुपैयाँमा बेलीब्रिज जडान गर्ने ठेग्गा लिएको हो । बेली ब्रिजका आवश्यक सामानहरु फोक्सिङटारमा लगिएको र धमाधम काम सुरु भइसकेको सडक डिभिजन कार्यालय गाईघाटका सुचना अधिकारी निज्जन श्रेष्ठले बताए।
बेलि ब्रिज बनेपछि उदयपुर–खोटाङका हजारौं यात्रुहरुले यात्रा गर्नै र सर्वसाधारणहरु लाई सहज हुँने स्थानिय होटेल व्यवसायि कुमार कार्की बताउछन्।
उदयपुरबाट खोटाङसम्म जोड्न बेलीब्रिज
Admin
•
