नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · राजनीतिक · समाचार

सिरहा नेपाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत रूपमा सन्तोष कुमार चौधरी चयन

शम्भु चौधरी, सिरहा ११ मंसिर । नेपाली कांग्रेस सिरहाको १५औँ नियमित जिल्ला अधिवेशनबाट सन्तोष कुमार चौधरी सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन्।

अधिवेशनबाट चौधरीलाई जिल्ला सभापतिको जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरिएको हो। पार्टीभित्र आपसी सहमति, एकता र सहकार्यलाई प्राथमिकता दिँदै नेतृत्व चयन गरिएको बताइएको छ।

अधिवेशनका प्रमुख अतिथि पुर्व उधोग मंत्री नेपाली कांग्रेसका मधेश प्रदेश प्रमुख पदम नारायण चौधरीको प्रमुख आतिथ्यका सम्पन्न भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार अबको यो नेतृत्वले नयाँ शिराबाट अगाडी बढने विश्वास लिएको छु । राष्ट्र सबभन्दा ठुलो हो । त्यस राष्ट्र भित्र हामी विभिन्न दलहरु छौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्दाको समयमा पार्टी भित्र विश्वास र ईमान्दारीताको कमी देखियो त्यसको परिणम आज यो हो । अब पनि नसचिए पार्टी भित्र ठुलो दुर्घटना हुने संकेत देखिन्छ ।

नवनिर्वाचित सभापति चौधरीले पार्टीलाई थप सुदृढ, एकताबद्ध र संगठनात्मक तथा युवामैत्रीको रूपमा मजबुत बनाउँदै अगाडि बढाउने अपेक्षा गरिएको छ। उनको नेतृत्वमा जिल्लाभर पार्टी संगठन विस्तार, कार्यकर्ताको सक्रियता वृद्धि तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने चुनौती र अवसर दुवै रहनेछन्।

नेपाली कांग्रेसको १५औँ नियमित जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीभित्र एकताको सन्देश दिएको छ। सर्वसम्मत रूपमा सभापति चयन भएपछि नेता तथा कार्यकर्ताहरूले चौधरीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका वडा देखि केन्द्रिय स्तर सम्मका नेता तथा कार्यकार्ताहरुको उपस्थित रहेको थियो ।