नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार

लहान–२२ का एकै दिन तीन विद्यालयमा नवनिर्मित चार कोठे भवन उद्घाटन

शम्भु चौधरी लहान ९ मंसिर । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिका २२ स्थित तीनवटा विद्यालयमा नवनिर्मित चार कोठे भवनको बुधबार उद्घाटन गरेका छन्।

नवनिर्मित चार कोठे भवनको उद्घाटन भएको विधालयहरुमा श्री आधारभुत विधालय बर्छवा सिसवनी, श्री आधारभुत विधालय जहदी सिसवनी र श्री कल्याणदह आधाभुत विधालय बेली रहेको छन ।

विद्यालयमा भौतिक पूर्वाधार विस्तार तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले निर्माण गरिएका भवनहरूको उद्घाटन नगर प्रमुख चौधरीले एक कार्यक्रमबीच गरेका हुन्। नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पठनपाठन गर्ने सुविधा पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै विद्यालयको भौतिक संरचना सुधारसँगै गुणस्तरीय शिक्षामा समेत जोड दिनुपर्ने धारणा व्यक्त गरे। उनले विद्यालयको आवश्यकता अनुसार पूर्वाधार विकास, शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन नगरपालिका निरन्तर काम गरिरहेको बताए।

आ वि बर्छवामा ८० लाख, आ वि जहदीमा ७५ लाख र आ वि बेलीमा ६७ लाखो लागतमा भवन निर्माण भएको विधालयका प्रअहरुबाट जानकारी प्राप्त भएका छन ।

नवनिर्मित भवनले विद्यालयमा कक्षाकोठाको अभाव कम गर्नुका साथै विद्यार्थी तथा शिक्षकहरूलाई पठनपाठनमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ। स्थानीय अभिभावक तथा विद्यालय समुदायले विद्यालयमा नयाँ भवन निर्माण भएपछि शैक्षिक वातावरण थप सुधार हुने अपेक्षा गरेका छन्।

नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि विद्यालय भवन निर्माण, कक्षाकोठा व्यवस्थापन तथा अन्य शैक्षिक पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। नयाँ भवन उद्घाटनसँगै लहान–२२ का विद्यालयहरूको शैक्षिक पूर्वाधार विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा लहान २२ का वडा अध्यक्ष श्याम कुमार अधिकारी थारु, स्थानिय जनप्रतिनिधिहरु,लहान नगर शिक्षा समिती सदस्य राजकुमार सिंह,विभिन्न विधालयका प्रअ, वि व्य स का पदाधिकारीहरु, राजनितिकर्मी, समाजसेवी तथा युवाहरुको उपस्थिती रहेको थियो ।