अन्तर्राष्ट्रिय · जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · विचित्र संसार · समाचार · सामाज

हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक

लहान ९ मंसिर । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र शोषण अन्त्य गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष नोभेम्बर २५ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै आएको छ। यस दिवसले महिलामाथि हुने शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक तथा घरेलु हिंसा विरुद्ध आवाज उठाउन सबैलाई प्रेरित गर्दै आएको छ।

“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धतास् पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” यस वर्षको मुल नारा रहेको छ । यसै दिवसको सन्दर्भ पारी विभिन्न राष्ट्र तथा अन्तराष्ट्रि संघ संस्थाहरुले अनेकन कार्यक्रम गरीमनाई रहेका छन । विगतका दिनबाट १६ दिने अभियान पनि संचालन हुने जानका्ी प्राप्त भएको छ ।

महिला हिंसा आज पनि समाजको गम्भीर चुनौतीका रूपमा रहेको छ। घरपरिवारदेखि सार्वजनिक स्थान, कार्यस्थल तथा सामाजिक सञ्जालसम्म महिलाहरू विभिन्न प्रकारका हिंसा र दुर्व्यवहारको सिकार भइरहेका छन्। दाइजो प्रथा, घरेलु हिंसा, बालविवाह, मानव बेचबिखन, लैङ्गिक विभेद तथा यौन दुर्व्यवहारजस्ता समस्याले महिलाको सम्मान, स्वतन्त्रता र अधिकारमाथि असर पुर्‍याइरहेका छन्।

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन। परिवार, समाज, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाज सबैको सक्रिय भूमिका आवश्यक हुन्छ। महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियामा समान अवसर प्रदान गर्नुका साथै हिंसापीडित महिलालाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

यस दिवसले महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा सहनु हुँदैन र हिंसाविरुद्ध सबैले एकजुट भएर आवाज उठाउनुपर्छ भन्ने सन्देश दिएको छ। महिलाको सम्मान, समानता र सुरक्षालाई सुनिश्चित गर्दै हिंसामुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो।

१६ दिने अभियानमा नेपाल रेडक्रस सोसाइटीले केन्द्र, प्रदेश र जिल्ला शाखा मार्फत लैङ्गिक हिंसा विरुद्धका विभिन्न चेतनामूलक गतिविधिहरु सञ्चालन गर्ने जानकारी दिएका छन ।