शम्भु चौधरी, लहान, १५ कात्तिक। सुनचाँदीका कुशल व्यवसायी विकास शारदाले आजदेखि थप नयाँ पसल राधे राधे ज्वेलर्स सञ्चालनमा ल्याएका छन् ।
जहाँ धनतेरसको अवसरमा ज्यालामा ५० प्रतिशत छुट सेवाग्राहीहरुको लागि ल्याएको छ ।
व्यवसायी सारडाले एक कार्यक्रमबीच रिबन काटेर उक्त ज्वेलर्सको औपचारिक उद्घाटन गरेका हुन्।
ग्राहकको बदलिँदो रुचि र बजारको मागलाई ध्यानमा राख्दै आधुनिक तथा ट्रेन्डिङ डिजाइनका सुनचाँदीका गरगहना बिक्रीवितरण गर्ने उद्देश्यले ज्वेलर्स सञ्चालनमा ल्याइएको सञ्चालक सारडाले बताए।
उनका अनुसार यो उनको तेस्रो व्यावसायिक पसल हो। करोडौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएको राधे राधे ज्वेलर्सले थोक तथा खुद्रा दुवै कारोबार गर्ने लक्ष्य राखेको छ। व्यवसायलाई पारदर्शी, व्यवस्थित र कानुनी दायराभित्र राख्दै प्रत्येक कारोबारको अनलाइन बिलिङ गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
ग्राहकले जतिसुकै रकमको गरगहना खरिद गरे पनि अनिवार्य रूपमा बिल उपलब्ध गराइने उनको भनाइ छ।
लक्ष्मीपूजा तथा धनतेरसको विशेष अवसरमा ग्राहकलाई लक्षित गरी विभिन्न छुटको व्यवस्था गरिएको छ। उद्घाटनकै दिन गरगहना बनाउँदा लाग्ने ज्यालामा विशेष छुट प्रदान भइरहेको सञ्चालक विकास सारडाले बताए।
आधुनिक डिजाइन, पारदर्शी कारोबार र गुणस्तरीय सेवामार्फत ग्राहकको विश्वास जित्ने लक्ष्यका साथ ज्वेलर्स सञ्चालनमा ल्याइएको उनले बताए।
कार्यक्रम बिच जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष प्रदिप कुमार गुप्ता लगायत लहानका नाम चलेका विशेष व्यपारीहरु उपस्थित रहेको थियो ।

