शम्भु चौधरी, लहान १३ कार्तिक । लहान नगरपालिका १५ स्थित श्री बाबाजी सामुदायिक वन उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ।
साधारण सभामा सामुदायिक वनको संरक्षण, संवर्द्धन, व्यवस्थापन तथा दिगो उपयोगका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा वन संरक्षणमा उपभोक्ताहरूको भूमिका, वन क्षेत्रको विकास, वातावरणीय सन्तुलन कायम राख्ने तथा सामुदायिक वनबाट प्राप्त हुने लाभलाई उपभोक्ताको हितमा उपयोग गर्ने विषयमा जोड दिइएको थियो।
सभाका प्रमुख अतिथि लहान नगर प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार समुदायिक वनमा सहयोग गर्न हामी पुर्ण रुपमा तयार छौ । तर सबै मिलि काम समयमै गरिनु परियो । हामी त रकम बिनियोजन गरि दिने हो त्यो रकम कसरी चलाउने हो त्यो तपाईहरुका काम हो । यस वनमा खास गरि काम नभएको देखिन्छ । पालिकाबाट दिएको रुखहरु पनि संरक्षण भएको छैन । सामुदायिक वनमा सहयोग गर्ने धेरै नै सहयोगी संस्थाहरु छन । त्यसको लागी सबै मिलि काम गर्न जरुरी छ ।

सभामा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय उपभोक्ता, वन समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उपस्थित सरोकारबालाहरु आ आफना मनतव्य पनि राखेका थिए ।
सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वक्ताहरूले वन तथा वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
सभाले सामुदायिक वनको संरक्षण, पारदर्शी व्यवस्थापन र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
