Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · विचित्र संसार · समाचार · सामाज

गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव

शम्भु चौधरी लहान ९ भदौ । गोलबजार नजिक गागन खोलाको सिसौ झाडीमा एक महिलाको शव मृत अवस्थामा भेटाईएको छ । मृतक नरहा गाउँपालिका–३, खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको बताइएको छ।
खातुन सोमबारदेखि परिवारको सम्पर्कमा नरहेको र खोजी भइरहेका बेला आज उनको शव फेला परेको हो।
मृतक खातुनकी छिमेकी मो. नाजिमका अनुसार मृतककी श्रीमानको करिब दुई महिना अगाडी मृत्यु भएको थियो त्यस दिन देखि मृतक खातुनको मानसिक अवस्था त्यति ठिक नभएको बताए ।
प्रहरीको अनुसंधान जारी रहेकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ।