नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश १ · समाचार

सडक भासिए पछि सवारी साधनहरु बाटोमै रोकिए, यात्रु अलपत्र

नेपाल पोष्ट दैनिक लहान १४ साउन । उदयपुर कटारी सडकखण्डमा सडक भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन ।

सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको सडक सामान्य वर्षामा भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन ।

आवत जावतमा प्रत्यक्ष प्रभाब पर्ने गरी सडकको पछिम तर्फ पुलको माथिल्लो भाग भत्किए पछि सवारी साधनहरु रोकिएका छन । भासिएको सडकको स्थलगत अनुगमन कटारी नगरपालिकाका उपप्रमुखले गर्नु भएको छ ।

सामान्य कुराकानीमा तत्काल ट्राफिक प्रहरीलाई खवर गर्ने उप प्रमुखले बताउनु भएको छ भने इलाका प्रहरी कार्यालय बेलसोतमा सम्पर्ग गर्दा उक्त ठाउँमा स्काईभेटर पठाई सकिएको बताइएको छ ।

सडक भासिने क्रम जारी रहेको अवस्था रहेको हुनाले उक्त ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी रहेको देखिन्छ ।