समाचार

यस्तो छ यसपालिको नेपालको जनगणना

काठमाडौँ १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांकिय विभागले जनाएको छ ।

ती मध्ये महिला १ करोड ४१ लाख १ हजार ६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेका छन् । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

विभागका अनुसार अघिल्लो पटकको तुलनामा वृधिदर घटेर ०.९३ प्रतिशत छ । अघिल्लो पटक १ प्रतिशत भन्दा बढि जनसंख्या थियो । जनघनत्व १ सय ९८ जना प्रति वर्ग किमी छ । विदेशमा बसोबास गर्ने नेपालिको संख्या २१ लाख ६९ हजार ४ सय ७८ छ ।