विरगञ्ज ८ कार्तिक । पर्साको विरगञ्जमा अपहरण तथा डाँका गर्ने तिन जना मानिस पक्राउ परेको छ ।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्कस्थित भानुचोकमा पोखराबाट बस चढी आई ओर्लेका जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं ७ पर्सा टोला बस्ने वर्ष २३ का माजिद अंसारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेकोमा निजलाई मिति २०७८।१०।०४ गते विहान ९ बजे निम्न मानिसहरुले नियन्त्रणमा लिई ना.२.ह. २७३६ नं. को अटोरिक्सामा चढाई निजको साथमा रहेको मोवाइल फोन र नगद समेत लुटी निजलाई अर्धचेत अवस्थामा छोडिदिएको थियो ।
जिल्ला पर्सा बि.म.न.पा. १५ प्रतिमाचोकस्थित सडकछेउमा छोडेकोमा यस कार्यालयबाट खटिएको टोलीले निजलाई मिति २०७८।१०।०४ गते दिउँसो ३ बजे उद्दार गरिएको साथै उक्त घटनामा संलग्न निम्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको व्यहोरा प्रवक्ता तथा सुचना अधिकारी ओम प्रकाश खनालले प्रेस बिज्ञपति मार्फत जानकारी दिएको ।
