• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 26, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वडा अध्यक्ष कामतीलाई नागरिक समाज गोलबजारले गरे कडा कारबाहीको माँग

नेपाल पोस्ट दैनिक
    October 5, 2021  मा प्रकाशित

Spread the love
      

लहान १९ असोज ,गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामती सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेकोमा नागरिक समाज गोलबजारले कडा कारबाहीको माँग गरेका छन् ।

गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४÷१ को सखुवा काठ चोरीमा वडा अध्यक्ष कामती कैै संलग्नता रहेको भन्दै वडा अध्यक्ष कामतीलाई हिरासतमा लिई अनुसन्धानको माँग गरेका छन् । नागरिक समाज गोलबजारले सोमबार पत्रकार सम्मेलन गरी करोडौ रुपैयाँभन्दा बढीको सखुवा काठलाई घाटगद्दी गरिएकोमा हाल १० लाख बराबरको पनि काठ नरहेको र असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरी  वडा अध्यक्ष कामती कैै निर्देशनमा भएकोले वन ऐन अनुसार कारबाहीकोे माँग गरे ।

असोज ११ गते राती ९ बजे गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको थियो । जेसीबी चालक श्रवण कुमार साहले यसमा मेरो केही दोष नरहेको र मलाई वडा अध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान भनेपछि लगिदै गरेको भने ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिंराहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख डिएफओ  सुभाषचन्द्र दासले बताए ।

मिर्चैया सव डिभिजन वन कार्यालयका प्रमुख सत्यनारायण यादवलाई अनुसन्धान अधिकृत भई खटाएको पनि प्रमुख दासले बताए । अनुसन्धान अधिकृत यादवको टोलीले स्थानीयहरुसंग स्थलगत मुचुल्का सोमबार स्थलगत अनुगमन गरेपनि स्थलगत मुचुल्का घटना स्थलमा नगरी अन्यत्र गराइएको स्थानियहरुले बताएका छन् ।

यसप्रति स्थानीयहरुलाई डिभिजन वन कार्यालय माथि नै  शंका रहेको स्थानीयहरुको कथन रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑