शम्भु चौधरी लहान १५, असोज । बाटो सागुरोका कारण लहान नगरपलिका वडा नम्बर २२ सिसवनी टोलमा स्कुल बस दुर्घटनामा परेको छ ।
गाउँकै पोखरी नजिक रहेको सागुरो र घुमाउरो बाटोमा बस अनियंत्रित भई पोखरीमा खसेर दुर्घटनामा परेको स्थानीयले बताए । लहान २२ स्थित रहेको प्र २ ०१ ००१ क ००९३ नम्बरको ज्वालामुखी ईङ्ग्लिश बोर्डिङ्ग स्कुल लहान २२ को बस दुर्घटनामा परेको हो ।
बिद्यार्थीलाई छोडेर स्कुल फर्किने क्रममा अनियन्त्रित भएर पोखरीमा खसेको जनाईएको छ । दुर्घटनाबाट मानवीय क्षती नभएपनी बाटो साङ्हुरो रहेको उक्त ठाउँलाई मर्मत सम्भार गर्न नगरपालिका र वडा कार्यालयले कुनै चासो नदेखाएको स्थानियको आरोप रहेकोछ ।
लोकमार्ग भन्दा करिव ३ किलोमीटर दक्षिणमा पर्ने उक्तबाटोमा दैनिक रुपमा हजारौं सवारी साधनहरु प्रतिदिन चल्ने गरेको छ । लहान नगरपालिकाले वडा र टोलबाट कर उठाउने तर विकास पटक्कै नगर्ने मनसायमा रहेको स्थानीय युवाहरुले बताए ।