सप्तरी ,१५असार ।सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने मो.जलिलका ३५ वर्षीया श्रीमती जहादा खातुनलेको मृत्यु हो । सोमबार बिहान साढे १० बजेतिर मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर जहादा गम्भीर घाइते भएकी थिइन् । उनको बिराटनगर स्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा दिउँसो १:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको शवलाई मुचुल्का तथा पोष्ट मार्टम गरी अाफन्तलाई जिम्मा लगाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
सम्बन्धित खबर
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
लहान–२२ का एकै दिन तीन विद्यालयमा नवनिर्मित चार कोठे भवन उद्घाटन
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
पैसा डबल बनाइ दिने प्रलोभन देखाउने गिरोहको बिगबिगी, सर्वसाधारण ठगिने जोखिम बढ्दै
