समाचार

यादवको युगल जोडीद्धरा संक्रमितलाई रहत वितरण

शम्भु चौधरी लहान ३१ जेष्ठ । शिक्षा,स्वास्थ्यको समृध्दता बेल्ही युथ क्लबको मुल प्रतिब्धता नारा सहित कोभिड १९ कोरोना माहामारीलाई मध्य नजर गर्दै बेल्ही युथ क्लबका सल्लाहकार ई०पंकज यादव र स्वास्थ्यकर्मी संगिता यादवको युगल जोडीले राहत वितरण कार्यक्रम गरेको हो ।
वैवाहिक वर्षगाठ्को अवसरमा बलान बिहुल गाउँ पालिका वडा न० ६ द्वारा संचालित श्री जा०ग०मा०वि०सेहरा रौतहटको कोराईटिनमा रहेका संक्रमितहरुलाई राहत वितरण गरेको हो ।

वडा न० ६ का वडाध्यक्ष सुरुज दासको रहोवर र बेल्ही युथ क्लबका अध्यक्ष प्रमोद कुमार साहको अध्यक्षतामा राहत वितरण गरिएको थियो।
राहत सामग्रमिा मुरही ,चाउचाउ ,स्याउ,पानी ,अण्डा,मास्क, ह्याण्ड गलौप्स, साबुन रहेका छन ।
राहत वितरण गरीइकोमा क्लव परिवारलाई वडाअध्यक्ष दासले धन्यवाद दिएका थिए ।
अगामी दिनहरुमा पनि बेल्ही युथ क्लब बलान बिहुल जनताका लागि सदैव सहयोगका भावनाले प्रतिब्ध रहने स्संस्थापक अध्यक्ष प्रकाश यादव शंकर बताउनु भयो ।