उर्मिला यादव यात्री जेठ ५ नवलपरासी। पश्चिमनवलपरासीमा बुधबार ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५८ र एन्टिजेनबाट १९ जना गरी ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, तीन सय पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा १२ जना महिला र १४ जना पुरुष गरी २६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा २३ जना, रामग्राम नगरपालिकामा ६ जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा ६ जना, सुस्ता गाउपालिकामा ११ जना र पाल्हिनन्दन गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ८ सय २ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्ला मा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ९५ रहेको छ । आज बुधबार कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनवल नगरपालिका वडा नम्बर ५ की ७५ बर्षिय महिलाको सुनवल आइसोलेसन सेन्टरमा , सुनवल नगरपालिका वडा नम्बर तीनका ८७ बर्षिय पुरुषको होमआइसोलेसनमा , प्रतापपुर गाउपालिका वडा नम्बर ६ का ५२ बर्षिय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा, रामग्राम नगरपालिका वडा नम्बर ६ की ५४ बर्षिय महिलाको भिम अस्पताल भैरहवा र रामग्राम नगरपालिका वडा नम्बर ७ की ४७ बर्षिय एक महिलाको युसीएमएस भैरहवामा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय तीन पुगेको छ ।
सम्बन्धित खबर
सिरहा नेपाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत रूपमा सन्तोष कुमार चौधरी चयन
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
लहान–२२ का एकै दिन तीन विद्यालयमा नवनिर्मित चार कोठे भवन उद्घाटन
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
