रेडियो बिहानी र विभिन्न अनलाइन बाट प्रसारण भएको विवाह भोजमा वडा अध्यक्ष सहभागी भन्ने समाचार लाई लिएर वडा अध्यक्ष लील बहादुर खत्री ले रेडियो बन्द गरिदिने धम्की दिएका छन् ।
खत्री ले रेडियो बिहानी का पत्रकार हरिकुमार केसी संग कुराकानी को क्रम मा गाउँपालिका को पैशा खाएर मेरो बिरुद्दमा समाचार लेख्ने, तिमीहरू को रेडियो बन्द गर्दिन्छु । केटाहरु लिएर आउँछु लगाएत विभिन्न अपशब्द प्रयोग गर्दै धम्काएका हुन ।
बागलुङ को बरेङ गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष खत्री बैसाख ३० गते आफ्नै निजी गाडीमा बेहुला र जन्ती लिएर बरेङ गाउँपालिका को वडा नम्बर १ मा बेहुली लिन पुगेका थिए ।
सोही विषयमा पत्रकार दीपेन्द्र परियार ले समाचार लेखेका थिए भने रेडियो बिहानी बाट हरिकुमार केसी ले बाचन गरेका थिय ।
