उर्मिला यादव यात्री बैशाख ३१गते।कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर ४ का ४५ बर्षिय षुरुष, पाल्हिनन्दन गाउँपालिका वडा नम्बर सातका ४० वर्षीय पुरुष, र रामग्राम नगरपालिका वडा नम्बर तीनका ५० बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यस्तै गरी नवलपरासीमा शुक्रबार ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ३१ र एन्टिजेनबाट ३५ जना गरी ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै गरी सुनवल नगरपालिकामा १० जना, रामग्राम नगरपालिकामा ४ जना, सरावल गाउपालिकामा २ जना, प्रतापपुर गाउपालिकामा ७ जना, सुस्ता गाउपालिका र पाल्हिनन्दन गाउपालिकामा एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज १८ जना कोरोना संक्रमित निको भएका छन भने यो संगै जिल्लामा १ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय ४४ रहेको छ ।
सम्बन्धित खबर
कांग्रेस देउवा समुहको महाधिवेशन शुल्क निर्धारण
सिरहामा कांग्रेस देउवा समूहको महाधिवेशन गराउने जिम्मा सन्तोष चौधरीलाई
पर्यटन प्रवर्द्धन मार्फत समृद्धिको लक्ष्य आज विश्व पर्यटन दिवस
नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने
शिक्षकको माग गर्दै उपमहानगरपालिका घेराउ
