शम्भु चौधरी लहान १२ बैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न. २ पर्सामा बैशाख १० गते साँझ करीब ५ बजे भिषण आगलागी भएको हो ।
जसमा ६ घर र २ गोठ पुर्ण रुपमा जलेर नस्ट भएको हो । आश्रमी घर लगायत अन्य समान गरी करिब २० लाख रुपैयाँ वरावरको क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको फेसबुकबाट जानकारी प्राप्त भएको छ ।
अग्नि पिडितलाई तत्कालको राहत वितरणमा छिमेकीकोमा आस्रित हुन पुगेकालाई विपद ब्यवस्थापन समितिवाट नगद, नेपाल रेडक्रस सोसाईटी सिरहावाट लत्ताकपडा, त्रिपाल र भाडाकुडा अनि सम्बन्धित वडा कार्यालयको तर्फवाट खाद्यान्न तथा नगद स्थलगत रुपमा वितरण गरीएको जानकारी प्राप्त भएको हो।

आगो कसरी लाग्यो यकिन हन नसकेको प्रहरीले बताए ।
आगो नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नवराजपुर र वि ओ पि बरहरी प्रहरी ,लहानबाट वारुण यन्त्र र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको लक्ष्मीपुर गाउँ पालिका २ का वडा अध्यक्ष धमेन्द्र कुमार राय दनुवारले बताए ।
