विसुन देव सरदार १९,लहान, २९औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा अपाङ्ग व्यक्तिहरुलाई अपाङ्ग पुनस्र्थापना केन्द्र रुपनीले सम्मान गरेका छन ।
कोभिड १९ पश्चात उत्कृत पुनरागमनको सुनिश्चता अपांग भएको व्यक्तिहरुको पहुत र दिगो विकासको लागी हामी रबैको प्रतिबद्धता भने मुल नाराको साथ सो कार्यधmम सम्पन्न भएको हो

केन्द्रका अध्यक्ष शिव प्रसाद यादवको अध्यक्ष्तामा रुपनी गाउँपालिका प्रमुख हरेराम यादव प्रमुख अथिति, कार्यक्रम सम्पन्न भएको थियो भने विशिष्ट अतिथि उप प्रमुख वेचनी कुमारी सरदार ,प्रमुख प्रशासकीय अधिकृत रेणुका साह एवम अथिति ,कर्मचारी साथै ६ वटै वडाका वडा अध्यक्ष ,कार्यधmममा सहभागी भएका थिए । वडाका अपाङ्गताहरुलाई गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,तथा प्रमुख प्रशासकीय अधिकृत स्वयमले कमवल वितरण गरि वहाँहरु लाई सम्मान गरिएको उप प्रमुख सरदाले बताएकी छिन ।
रुपनी गाउँपालिकाको आर्थिक सहयोग र अपांग पुनरस्थापना केन्द्र रुपनी सप्तरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।