हरिस बम, कैलाली असोज १० सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा सात चरणको योजना छनौट सम्बन्धी २ दिने तालिम शनिवार सम्पन्न भएको छ । शुक्रवार बाट सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो ।
प्लान इन्टरनेश्नल नेपालको सहयोग, नगर स्तरीय युवा संजालको समन्वय र महिला पुरस्थापना केन्द्र ९ओरेक नेपाल०को आयोजनामा दुई दिने सात चरणको योजना सम्बन्धी तालिम भएको थियो । तालिममा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिका गरी २४ जना युवाहरूको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करियाप्रधानले गरेका थिए । युवाहरुलाई योजना तर्जुमाको बारेमा जानकारी दिन र अब आउने योजना छनौट प्रकृया युवाहरूको उल्लेखिनिय सहभागिता होस् भन्ने उद्देश्यले तालिमको आयोजना जनाएको छ ।
सात चरणको योजना सम्बन्धी २ दिने तालिममा सहभागी भएर धेरै कुराको जानकारी भएको सहभागी युवाहरूले बताएका थिए । तालिममा सिकेका कुरा व्यवहारमा पनि लागु गर्ने उनीहरूको प्रतिक्रिया थियो । नगर स्तरीय युवा संजाल घोडाघोडीका अध्यक्ष शंकर चौधरीको सहभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख प्रेम कुमारी थापा रहेकी थिईन ।
त्यसै समापन कार्यक्रममा महिला पुरस्थापना केन्द्र ९ओरेक नेपाल० का कार्यक्रम संयोजक बिनु राना जोशी र नगर स्तरीय युवा संजाल गौरीगंगा अध्यक्ष सायाराम चौधरी रहनु भएको थियो ।