१५ कार्तिक । तुलसी विवाह हिन्दू धर्ममा अत्यन्त पवित्र र धार्मिक पर्व हो। यस दिन तुलसी र भगवान विष्णुको अवतार शालिग्राम बीच विवाह गराइन्छ।
यो पर्वलाई देव उठाउने एकादशी वा प्रभोधिनी एकादशी पनि भनिन्छ, जसले चातुर्मासको अन्त्य जनाउँछ अर्थात् भगवान विष्णु योग निद्राबाट जाग्नुहुने
पुराण अनुसार तुलसी देवीको नाम वृन्दा थियो। उनी अत्यन्त पतिव्रता नारी थिइन् र असुरराज जलन्धरकी पत्नी थिइन्।
भगवान विष्णुले धर्म र ब्रह्माण्डको रक्षा गर्न वृन्दाको पतिव्रता धर्म तोड्नु पर्यो। यस घटनापछि वृन्दाले विष्णुलाई शाप दिइन् कि उहाँ पत्थर (शालिग्राम) बन्नुहोस् र आफू तुलसीको रूपमा जन्मिनेछु। पछि विष्णुले तुलसीसँग विवाह गर्ने वचन दिनुभयो। यही प्रसङ्गको स्मरणमा हरेक वर्ष तुलसी र शालिग्रामको विवाह गरिन्छ।
कार्तिक महिनाको शुक्ल पक्षको एकादशी प्रायः अक्टोबर–नोभेम्बर महिनामा पर्दछ । यो दिनदेखि नै देवकार्य जस्तै विवाह, व्रत, पूजापाठ, यज्ञ आदि शुभ कार्यहरू पुनः सुरु गर्न सकिन्छ।
तुलसीको बोटलाई सिँगार्ने — नयाँ लुगा, गहना, फुलमाला लगाइन्छ । मण्डप बनाइन्छ, तुलसीको वरिपरि बाँस, कपडा र पुष्पले मण्डप सजाइन्छ ।शालिग्राम वा कृष्ण मूर्तिलाई वरका रूपमा राखिन्छ। पुजारी वा गृहस्वामीले विवाह मन्त्रसहित तुलसी र शालिग्रामको हात ९पात० मिलाइदिन्छन्। आरती, भजन, प्रसाद वितरण गरेर पूजाको समापन गरिन्छ।
तुलसी विवाहलाई साँकेतिक विवाहको रूप मानिन्छ ,जसले पवित्रता, समर्पण र भक्ति को सन्देश दिन्छ। यस दिन घरमा तुलसीको पूजाले पारिवारिक सुख, समृद्धि र स्वास्थ्य लाभ हुने विश्वास गरिन्छ। नेपाल र भारतका विभिन्न ठाउँमा यो दिन गीत–भजन, तुलसी विवाहको झाँकी, सामूहिक पूजा गरेर मनाइन्छ यसको धार्मिक तथा सामाजिक महत्त्व रहेको छ ।
तुलसी विवाहले धर्म, भक्ति र प्रकृतिप्रतिको सम्मानलाई एकसाथ जोड्छ। यो पर्वले देवउठाउने मात्र होइन, जीवनमा नयाँ आरम्भ र शुभताको प्रतीक पनि हो।