• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकाद्वारा विगत ३ वर्षको उपलब्धि सार्वजनिक

नेपाल पोस्ट दैनिक
    June 7, 2025  मा प्रकाशित

Spread the love
      

लहान  २४ जेठ । लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, धार्मिक, सांस्कृतिक, खेलकुद र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नगरप्रमुख महेश चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी नगरवासीसामु यी उपलब्धिहरू प्रस्तुत गरेका हुन्।

नगरपालिकाले जन्म, मृत्यु, विवाह दर्ता तथा नागरिकता सिफारिस दस्तुरमा पूर्ण छुट प्रदान गरी सेवा सरल र जनमैत्री बनाएको छ। समाजका सीमान्तकृत समुदायलाई केन्द्रमा राखी मुसहर परिवारलाई क्रियाखर्च स्वरूप रु ५ हजार, दाहसंस्कारका लागि ४ क्विन्टल दाउरा सहयोग, र जस्ताको छाना निर्माणका लागि रु ४५ हजार उपलब्ध गराइएको छ।

गर्भवती महिलालाई प्रत्येक महिनाको २२ गते पोषण प्याकेज अन्तर्गत हालसम्म ४ हजार जनालाई खाद्यान्न प्रदान गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवा र अपाङ्ग, वृद्धवृद्धाका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ। ‘एक कक्षा, एक शिक्षक’ योजनाअन्तर्गत १२५ स्वयंसेवक शिक्षक परिचालन गरिएको छ। ‘एक विद्यालय, एक कम्प्युटर’, ‘एक कक्षाकोठा, एक पंखा’ कार्यक्रममार्फत डिजिटल र भौतिक सुविधा विस्तार गरिएको छ।

शैक्षिक पूर्वाधार विस्तारमा १५ वटा चार कोठे र ४ वटा दुई कोठे विद्यालय भवन, ४० वटा सुलभ शौचालय, ४ वटा मञ्च, ४० वटा कम्पाउन्ड वाल निर्माण गरिएको छ।सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि कापी, पेन्सिल, रेजर वितरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT कक्षा जस्ता कार्यक्रमले गुणस्तरमा टेवा पुर्‍याएको छ।

बालविकास, लेखापाल, क.स. लगायतका कर्मचारीको तलबमा रु ७ हजार वृद्धि गरिएको छ। २४ वटै वडाका ४ हजार गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज दिइएको छ। प्रत्येक वडामा नियमित सुगर, ब्लड प्रेसर परीक्षण र औषधवितरणको कार्यक्रम सञ्चालनमा छ।

वडा नं. ११, १२, र १६ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। आँखा शिविरमा २ हजार मोतिविन्दु शल्यक्रिया र ९ हजार नागरिकलाई निःशुल्क औषधि उपचार सेवा दिइएको छ। कृषकलाई प्रत्यक्ष लाभ हुने १ करोड ४० लाख बराबरको उत्पादन अनुदान वितरण गरिएको छ। ९७ हेक्टरमा फलफुल खेती विस्तार, १० वटा डिप बोरिङ, ५१ डिप बोरिङ जडान, ४ वटा पोखरी निर्माण, कृषि विद्युतीकरण कार्य सम्पन्न गरिएको छ।

धान, मकै, च्याउ, मूग लगायतका बीउ वितरण, प्लास्टिक थैला, स्प्रेयर, औषधी छर्ने पम्पसेट, कुटी काट्ने मेसिन, दुध बोक्ने भाडो, तालिमलगायत कार्यक्रमबाट हजारौं कृषक लाभान्वित भएका छन्। तीन वर्षमा ४४ किमी पीसीसी, ६ किमी आरसीसी, ३२ किमी ग्राभेल र थुप्रै किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न/सुरु गरिएको छ। १३४ मुसहर परिवारलाई पक्की घर हस्तान्तरण, ११ वटा वडा कार्यालय भवन, १६६ कक्षा कोठा, ७८५४ मिटर आरसीसी नाला, ८०० मिटर इँटा नाला, ११ वटा कल्भर्ट, ६४५ बिजुली पोल, ६३०० मिटर वाउण्ड्रीवाल निर्माण, २१३ ट्युबेल स्थापना जस्ता कार्य सम्पन्न भएका छन्।

नगर अस्पताल, लहान शपिङ्ग मल, दुर्गा र राममन्दिर, आर्यघाट, विश्राम भवन, चमेना गृहजस्ता निर्माणकार्य पनि उल्लेखनीय छन्। कालोपत्रे सडक परियोजनाहरू— विरनगर चौकदेखि राजदेवी मन्दिर, हुलाकदेखि सप्तऋषि अस्पताल, माधोपुरदेखि मोतिपुर चौक, थाना चौकदेखि कटहा चौक, ग्रामीण चौकदेखि लक्ष्मीनिया मोड र अन्य दर्जनौं मार्गमा सम्पन्न तथा कार्यान्वयनमा छन्।

नगरले हरेक वर्ष तीज, जितिया, छठ, महोत्सव लगायतका पर्व मनाउन सहयोग पुर्‍याउँदै आएको छ। सलहेश फुलवारी, मानिक दह, गोसाई डाँडा ताललगायत पर्यटकीयस्थलहरूमा सौन्दर्यकरण गरिएको छ। मेयर गोल्डकप फुटबल प्रतियोगिता लगायत विभिन्न खेलकुद गतिविधि नियमित रुपमा सञ्चालन गरिँदैछ।

विदेशबाट फर्किएका युवालाई रु ५० हजार बीउ पूँजी सहयोग, महिला समूहलाई २५/२५ हजार सहयोग, गुडिया बनाउने, टपरी बनाउने, चप्पल बनाउने, तरकारी खेती तालिमबाट महिलालाई स्वरोजगारमा जोडिएको छ। लैङ्गिक हिंसा पीडित १० महिलालाई राहत रकम प्रदान गरिएको छ। दलित तथा गरिब विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति उपलब्ध गराइएको छ।

लहान नगरपालिकाले विकासको परिभाषालाई केवल सडक र भवनमा सीमित नराखी सामाजिक समावेशिता, शिक्षा–स्वास्थ्य सुधार, कृषिमा सहजीकरण, महिला–बालबालिकाको हक, र धार्मिक सांस्कृतिक चेतनालाई समेत आत्मसात् गर्दै अघि बढेको स्पष्ट देखिन्छ। नगरप्रमुख महेश चौधरीले भने, “हामी समावेशी, दिगो र सहभागी विकासको मार्गमा छौँ। समृद्ध लहान बनाउने हाम्रो यात्रा अझ गती लिनेछ।”

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑