शम्भु चौधरी लहान ११ चैत्र । लक्ष्मीपुर पतारी ४ की उमा विक महिला हिंसामा परेकी छिन् । सोहि पालिका ४ बस्ने बलिराम साहले. पटक पटक धाक धम्की, असलिल गाली गलौज सहित जान मार्ने धम्की दिइएका छन् ।
बलिराम साहले दोहरो नागरिकता लिएको विषयलाई विक उठान गर्दा साहले म माथि यस्तो किसिमका हिंसा गरिरहेको पिडित विकले पत्रकार सम्मेलन मार्फत बताइन् ।
दोहोरो नागरिकता लिएको विषयलाई गृह मन्त्रालयको पत्र संख्या ८४२०४ च न ६५ को मिति २०८१।०४।२५ गते जिल्ला प्रशासन कार्यालय सिरहालाई आवश्यक कारवाही सम्वन्धमा र जिल्ला प्रशासन कार्यालय सिरहाको पत्र संख्या २०८१।२०८२ च न ७८९ को मिति २०८१।०४।२८ गते जिल्ला प्रहरी कार्यालय सिरहालाई आवश्यक कारवाहि सम्वन्धमा पत्राचार भए तापनि हालसम्म कुनै किसिमको कारवाहि हुन सकेको छैन ।
पिडित विकका अनुसार बलिराम साह भारतिय नागरिक हुन् । वहाँ भारतिय भएको मसँग येथेस्ट प्रमाण छ । यी सम्पूर्ण प्रमाण सम्वन्धित निकायमा पेश गर्दा पनि कुनै किसिमको कारवाहि हालसम्म नभएको सम्मेलनमा बताइन् । साथै म र मेरो परिवारलाई शान्ति सुरक्षाको व्यवस्था समेत मिलाई दिन आग्रह गरेकी छिन ।
साह हाल लक्ष्मीपुर mपतारी ६ सितापुरमा बस्दै आएको पिडित बिकले बताईन ।