लहान – पछिल्लो ११ बर्ष अगाडी सिरहाको लहान ८ स्थित संचालनमा आएको न्यूटन ईन्स्टिच्युटले विद्यार्थीको रोजाइ बनेका छन्।विद्यार्थीको नजरमा अरु ईन्स्टिच्युट भन्दा फरक ब्यवस्थापन र बिस्वासिलो ईन्स्टिच्युट रहेको एक जना विद्यार्थीले बताए। शिक्षा क्षेत्रलाई सुधारको लागी निरन्तर भुमिका खेल्दै आएको संचालक प्रीन्सिपल कमलेश कुमार यादवले दक्ष अनुभवी शिक्षक द्वारा कक्षा संचालन गर्दै आएको छ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत बिदाई समारोह सम्पन्न गरेका छन्। ईन्स्टिच्युटका संचालक प्रीन्सिपल कमलेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि
राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्र देव यादव बिशिस्ट अतिथिमा लहान मनोकामना कलेजका प्रीन्सिपल मनोज कर्ण,कान्तिपुर कलेज बिराटनगरका भुवन नेपाल अतिथिहरुमा माबी पडरियाका प्र.अ.मनोज कुमार यादव,रोशन राज बंन्सी,ऐपेक्स ईन्स्टिच्युटका प्रीन्सिपल भरत कुमार साह,प्रमोद यादव,राम चन्द्र यादव,संचाकर्मी लाल बिहारी यादव महेश सिंह शिक्षक रबिन्द्र जैसवाल मनोज साह अमलेश ठाकुर लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजक समितिले बताए।
प्रमुख अतिथि यादवका अनुसार न्यूटन ईन्स्टिच्युटले दिएको सीप,ज्ञान् शिक्षा यहाँहरुको लागी जिबनको प्रेरणादायी रहने बताए।आउने दिनमा यहाँहरुले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्नु हुन्छ भने सुभ कामना तथा बधाई दिएको थियोे।
उक्त ईन्स्टिच्युटमा कम्प्युटर सम्बन्धि सम्पुर्ण कोर्स सिकाउनु संगै बृज कोर्स कक्षा ११ र १२ को कोचिङ्ग कलास ईन्टान्स तयारी कक्षा संचालनमा रहेको आयोजकले बताए। कार्यक्रमको संचालन रबिन्द्र जैसवालले गरेको थियो भने प्रमुख अतिथि यादव र बिशिस्ट अतिथि मनोज कर्णले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए।
बिदाई समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य झाकी सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेको थियोे।