अनुभक्त चौधरी सिरहा, २ माघ । माघी पर्वको अवसरमा आयोजित माघी महोत्सव २०७९ लाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले पर्यटकीय स्थल हाथीदह जाने बाटोमा करिव पचास लाखको लागतमा कालोपत्रे सडक बनाउने घोषणा गरेको छ ।
लहान नगरपालिका वडा नं १५ स्थित वानटोल मोहनपुरमा थारु सेवा समाजद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मेयर चौधरीले पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको हाथिदह जाने बाटो जिर्ण रहेकोले साथै पर्यटकीयलाई सुविधाको लागि उक्त सडक बनाउने घोषणा गर्नु भयो ।
थारुको कला संस्कृतीको जगेर्णा गर्ने उद्देश्यले प्रत्येक वर्ष माघी पर्वको अवसरमा सिरहाको विभिन्न ठाउँमा विशेषतः थारु जातिले माघी पर्व मनाउँदै आएको छ ।
यस पालि सिरहाको छ वटा ठाउँमा माघी महोत्सव मनाईरहेको छ म कहाँ कहाँ जानु त्यसैले अगामी वर्षमा माघी पर्व लहान नगरपालिकाले लाहानमा भव्य र सभ्य रुपमा मनाउले घोषणा मेयर चौधरीले उद्घोष समेत गर्नु भयो । प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाईने माघे संक्रान्ति पर्व देश भर विभिन्न कार्यक्रम गरी धुमधामसहित थारु समुदायले विशेष गरी नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । त्यसबेला थारु समुदायले आफ्ना पहिरनसहित प्रभातफेरि समेत गर्नुभएको थियो ।
आयोजित माघी महोत्सव २०७९ मा नगर उपप्रमुख राम चलितर महतो, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष सत्यनारायण चौधरी, लहान नपा वडा नं११ का वडा अध्यक्ष सूर्य नारायण चौधरी, वडा नं १५ का वडा अध्यक्ष तेज नारायण चौधरी लगायत स्थानीय वुद्धिजीवी,समाज सेविको उपस्थिति रहेको थियो ।
कार्यक्रम थारु माघी महोत्सव २०७९ का अध्यक्ष पशुपति चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।