शम्भु चौधरी लहान १९ पुस । सिरहा जिल्लामा किसानहरुको समस्या सामाधान गर्ने उदेश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानमा धान बेच्न लाईनमा रहेका किसानहरुको समस्या थासिघ्र सामाधान गर्न राष्टि«य कृषक समुह मधेश प्रदेश कार्य समिति द्वारा धान कोटा थप गर्न माग गरेका छन । मंगलकबार लिमिटेडको कार्यालय लहानमा कार्यालय प्रमुख रबन कुमार यादव र कृषक समुह बिच छलफल भएका छन ।
सिरहाका किसानले धान थन्काएको करिब एक महिना भन्दा बढि समय बितिसके पछि खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि किसानको गुनासो बढ्दै गइरहेको थियो ।
यहाँ सिरहा, सप्तरी र उदयपुर गरि तिन जिल्लाका किसानले धान बिक्रिका लागि ल्याउने गरेका छन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गरेको धानको परिमाण एकदमै न्यून रहेको लिमिटेडका शाखा प्रमुख रबन कुमार यादबले बताए ।
ज्ञापन पत्र बुझाउँदै कृषक समुहका मधेश प्रदेश अध्यक्ष मुक्ति नारायण यादबले भने नेपाल सरकारको नीति कार्यान्वयन तहमा रहेका क्रियाकलापलाई चुनौति दिइरहेका बिचौलियाहरुलाई मध्ये नजर राखि नीति बनाउनु पर्छ । किसानको बजेट हो । किसानको धान खरिद गर्न के प्रक्रिया अव्लम्वन गर्नुपर्छ त्उस्तो निति यिम बनाउनु पर्ने वहाले बताए ।
त्यस्तै कृषक समुह माहासंघ नेपालका केन्द्रीय उपाध्यक्ष अमिरलाल यादवका अनुसार सहज तरिकाले कसरी साना किसानको धान खरिद गर्ने हो त्यस तर्फ सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउनु भएको छ।
छलफल कार्यक्रममा लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, सखुवानन्कारकट्टी गाँउपालिका र नवराजपुर गाँउपालिकाका किसानहरु सहभागी थिए ।