शम्भु चौधरी लहान २८ कार्तिक । सिरहा लहान नगरपालिका २४ मानिक दह स्थित चौवन घरधुरी मुसहरी बस्तीमा एउटा खानेपानीको कल रहेको छ ।
यही एउटा खानेपानीको मुहान हो जसबाट पुरै मुसहर बस्तिका मानिसहरु पानी लगेर आफनो प्यास र अन्य काममा प्रयोग गर्ने गरेको दिलिप सदायले बताए । केहि कारण बस कल बिग्रियो भने हामी सवै नदीको पानी प्रयोग गर्छौ सदायले बताए ।
सरकारी तर्फबाट केही वर्ष अगाडी खेल प्रयोगमा आइरहेको छ । त्यस दिन देखि कुनै नेता वा कुनै सरकारी तबरबाट खेलको जगन नभएको र अहिले भोट मागन आइरहेको विभिन्न नेताबाट अस्वासन मात्र पाइरहेको मुसहर बस्तिका रामवहादुर सदायले बताए ।