ज्ञानेश्वर सहानी
नवलपरासी/ २७ माघ – पश्चिम नवलपरासी को रामग्राम नगरपालिका वडा नं १७ देवगाउँ को स्वास्थ्य चौकी मा “नगरबासीको सरोकार स्वच्छ, पारदर्शी, विकासमुखी स्थानीय सरकार ” भने मुल नारा के साथ सुनौलो हजारका गर्भवती महिला तथा बालबालिकाहरूलाई पोषण सहितको झोला वितरण कार्यक्रम समपन्न भएको छ l
रामग्राम नगरपालिका वडा नं १७ को कार्यालाको आयोजना मा रामग्राम नगरपालिका वडा नं १७ का वडा अध्यक्ष जित बहादुर गोसाई को अध्यक्षता मा सुनौलो हजारका गर्भवती महिला तथा बालबालिकाहरूलाई पोषण सहितको झोला वितरण दिइएर शुभारम्भ गर्नुभएको थियो ।
वडा अध्यक्ष गोसाईले आमा र बच्चाको स्वास्थ्यको लागि गर्भवती महिलाहरूलाई तथा बालबालिकाहरु लाई पोषण सहितको झोला नियमित रूपमा वितरण गर्न जरुरी रहेको बताउनु भएको थियो ।शुभारम्भ गदै रामग्राम नगरपालिका वडा नं १७ का वडा अध्यक्ष जित बहादुर गोसाई ले गर्भवती महिला तथा बालबालिकाहरु को स्वास्थ्य र गर्भ भएको बच्चाको स्वास्थ्यलाई ख्याल गर्नको लागि पोषण सहितको झोला आवश्यक रहेको बताउनुभयो ।
१००० दिन पूरा भएका गर्भवती महिलाहरूलाई पोषण सहितको झोला बितरण कार्यक्रम सुरु भएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा को हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनुभयो ।