सिरहा , असार १३गते । कोरोना भाइरस कोभीड़ १९को महामारीका कारण मुलुक लकडाउन अवस्थामा थियो। हाल निषेधग्या खुकुलो भएसँगै सीमावर्ती लगायतका बजारमा चहलपहल बढ़न थाले पछि कोरोना संक्रमणको जोखिम अझ उच्च रहेको भन्दै यूकेएडको सहयोगमा भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रले सहज परियोजना अन्तर्गत सिरहाको सिरहा नगरपालिका १७ सीमावर्ती माड़रमा मास्क बैङ्क स्थापना गरेका छन् ।

मास्क बैङ्क स्थापनाका लागि आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कोभिड–१९ को महामारीको अवस्था कायमै रहेकाले मास्क बैङ्कको स्थापनाले कोभिड न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।
विश्व लागु पदार्थ ओसर-पसार विरुद्धको दिवसको अवसर पारी यस सीमावर्ती क्षेत्रमा मास्क बैंक स्थपना सँगै कोभीड़ १९ तथा लागु पदार्थ विरुद्ध सचेतना केन्द्र जस्तो स्थपना गरिएको मास्क बैंक जिल्लामा पहिलो रहेको उनले थप्नु भयो । साथै जिल्ला भरी रहेका सबै स्थानीय तहमा चहलपहल हुने ठाउँमा मास्क बैङ्क विस्तार गर्न सके थप प्रभावकारी हुने उहाँको भनाइ छ ।
चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिँडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न मास्क बैङ्क स्थापना गरिएको समग्र जनउत्थान केन्द्र लहानका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनु भयो । खास गरी यस सीमावर्तीमा रहेका ग्रामीण भेगका महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरु प्रायः आर्थिक अभावले बिना मास्क बाजारतीर चहलपहल गर्ने गरेको पाइएको छ । जसलाई मध्यनजर गर्दै उक्त मास्क बैंकको स्थापना गरिएको हो ।
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारासहित स्थापना गरिएको मास्क बैङ्क स्थपना गरिएको मास्क वितरण अभियान ३महिना सम्म तत्काल संचालनमा रहने र आवश्यकता अनुसार यसलाई निरन्तरता दिइने उहाँहरूले जानकारी दिनु भयो ।
मास्क बैङ्कमा लैङ्गिक हिंसा विरुद्धका चेतनामूलक जानकारी र कोभिड–१९ को महामारीबाट बच्ने सन्देशमूलक पर्चा पनि वितरण गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)हिरा बहादुर पाण्डे , सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी)दीपेन्द्र गिरी , राष्ट्रीय अनुसन्धन सिरहाका अनुसन्धन उपनिर्देशक तुलसी राम प्रसाई , सिमा निगरानी समितिका पदाधिकारी , विओपी माड़रका प्रमुख स्थानीय जनप्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
