समाचार · सामाज

नेकपा बिहादीले पहिरो पीडितलाई गर्यो आर्थिक सहयोग ।

अमृत भट्टराई / बिहादी, पर्वत ३ भदौ। पर्वतको बिहादी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले बिहादी गाउँपालिका ५ उँरामका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
गएको साउनमा पानी सँगै आएको पहिरोले बिहादी ५ उँरामका ज्ञानु काफ्लेको गोठमा क्षेती पुगेको थियो भने गोठमा रहेका घरपालुवा जनावर समेत मरेका थिए ।
तेस्तै बिहादी गाउँपालिका ५ उँरामकै माथिल्लो दलित बस्तीमा पनि पहिरोले क्षेति पुराएको थियो । उक्त पहिरो प्रभावित क्षेत्रमा नेकपा विहादीले केही समयअघि अनुगमन गरेर पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने अपिल गरेको थियो । बिहादी गाउँपालिका ५ उँराम घर भइ अहिले जापानमा बसोबास गर्दै आएका स्थानीय युवा यम भुसालले आर्थिक सहयोग उपलब्ध गराएपछि नेकपा पर्वत सचिवालय सदस्य तथा बिहादीका युवा नेता ऋषिराम भुसालको नेतृत्वमा प्रभावित क्षेत्रमा गरेर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको भुसालले जानकारी दिए ।