लहान, १५ साउन । सिरहाको लाहान नगरपालिका –२४ पक्की टोलमा मस जोडीको अगुवाईमा ईनार निर्माण गरिएको छ । जन श्रमदान र मस जोडी (महेश चौधरी र संगिता कर्माचार्य) को ब्यक्तिगत लगानीमा ईनार खनिएको स्थानीय कमल पासमानले जनाएको छ ।
महेश चौधरीको जन्मोत्सवको शुभ उपलक्ष्यमा उद्धघाटन गरिएको ईनारको पानीले करिब २५ घर दलित समुदाय लाभान्वित भएको स्थानीयवासी सोखिया सदाईले बताइन् । सुख्खा मौसममा पानीको हाहाकार हुने पक्की टोलमा मस जोडीको पानी खुवाउने अभियानबाट त्यहाँका जनसमुदाय अति नै हर्षित भएको एक संचारकर्मी धर्मेन्द्र पासवानले बताए । १ लाख ५० हजार लागतमा निर्माण गरिएको उक्त ईनारले पिउने पानीको साथ साथै सिचाईको लागि समेत उपयुक्त भएको स्थानीयवासी राजेन्द्र पासमानले बताए ।
ईनार खन्ने, लकडाउनमा राहत बाँडने, लत्ताकपडा बाडने, फलफूल बितरण गर्ने तथा गर्भवती महिलालाई पौष्टिक आहार वितरण कार्यले मस जोडीले विगत केहि महिना देखि जिल्लामा निकै चर्चा बटुलेका छन ।
