धार्मिक सभाबाट फर्किएका २५ नेपालीलाई सेनाको निगरानीमा क्वारेन्टाईनमा राखियो
काठमाडौं, २३ चैत । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको एउटा धार्मिक सभामा सहभागी भएर फर्किएका २५ जना नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ ।
सभामा प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए । उनीहरु सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबै जनाको आज घाँटीको स्वाब परीक्षण हुने बताइएको छ । दैनिक नेपाल
