काठमाडौ ३ चैत । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुब बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) लाई मनोनयन गरिएको छ ।
राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो । आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । रातोपाटिबाट