देश बाहिर · समाचार

श्रीमानसंग श्रीमती जान नमान्दा पेट्रोल छर्केर आगो लगायो

भारत १४ माघ । आफूसँग आउन नमानेको भन्दै एक महिलामाथि पेट्रोल छर्केर आगो लगाइको छ। उत्तर प्रदेशको बरेलीमा यो घटना भएको हो।

भारतीय प्रहरीका अनुसार महिलाको शरीरको ३५ प्रतिशत भाग जलेको छ। उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

खासमा बिथरी मेहतरपुरका विनोद कश्यप आफ्नी श्रमतीलाई बोलाउन ससुराली पुगेका थिए। उनको श्रीमती आउन नमानेपछि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। महिलासँगै उनको पाँच वर्षीय छोरालाई पनि आगो लागेको छ।

प्रहरीका अनुसार विनोदले ज्याकेटमा लुकाएर पेट्रोल ल्याएका थिए। सुरुमा उनले श्रीमतीलाई घिसार्दै लाने प्रयास गरेका थिए। तर, श्रीमती जान नमानेपछि आगो लगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। नेपाल न्यूजबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।