देश बाहिर · मुख्य समाचार

पार्टी विस्तारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

काठमाडौं २० आषाढ । राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।