शम्भु चौधरी, लहान ७ असोज । लहान ७ स्थित दुर्गा मन्दिरको निर्माण तथा पुनर्निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै मन्दिरको स्वरूप आकर्षक बन्दै गएको लहान नगर पालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले बताएका छन।
मन्दिर निर्माण सम्पन्न भएपछि धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि स्थानीयवासीलाई थप सहज हुने अपेक्षा गरिएको छ। मन्दिर परिसरलाई व्यवस्थित तथा आकर्षक बनाउन आवश्यक संरचना निर्माण, सजावट लगायतका कामहरू समेत अघि बढाइएको जनाइएको छ।
निर्माणको अधिकांश काम सम्पन्न भइसकेकाले बाँकी रहेका कामहरू पनि छिट्टै पूरा गर्ने तयारी भइरहेको छ। मन्दिर निर्माण सम्पन्न भएपछि लहान तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनका लागि महत्वपूर्ण तथा पवित्र धार्मिक स्थलका रूपमा थप विकास हुने विश्वास गरिएको छ।
मंगलबार नगर प्रमुख, वडा जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि तथा पत्रकार महासंघ सिरहा शाखाका सभापति लगायत अन्य पत्रकारहरुको टोलिद्धरा अनुगमन गराईएको थियो । मंदिरको निर्माण कार्य सके लगतै असोजको २५ गते घटस्थापनाको शुभ साईतमा उदघाटन गर्ने नगर प्रमुख चौधरीले बताए ।
स्थानीयवासी तथा श्रद्धालुहरूको सहयोग र सहभागिताले मन्दिर निर्माण कार्यलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएपछि मन्दिरमा नियमित पूजा–आराधना तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
लहान दुर्गा मन्दिरको निर्माण कार्य ९० प्रतिशत सम्पन्न
Nepal Post
•
