अर्थ ब्यापार · छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

‘माखन भोग’ ग्राहकको रोजाइमा मिठाई पसल, स्वाद र गुणस्तरको संगम

शम्भु चौधरी लहान ११ भदौ। मधेस प्रदेशमा मिठाई तथा परिकारको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै लहानका ‘माखन भोग’ पछिल्लो समय ग्राहकको रोजाइमा पर्न थालेको छ। स्वाद र गुणस्तर प्राथमिकतामा राख्दै सेवा दिँदै आएको माखन भोगले स्थानीय उपभोक्तादेखि बाहिरी जिल्लाबाट आउने ग्राहकसम्मको ध्यान खिच्न सफल भएको छ।

मधेसको खानपान संस्कृतिमा मिठाईको विशेष स्थान छ। चाडपर्व, विवाह, व्रतबन्ध, शुभकार्यदेखि सामान्य पारिवारिक भेटघाटसम्म मिठाईको प्रयोग हुने भएकाले गुणस्तरीय मिठाईको माग पनि बढ्दो छ। यही मागलाई ध्यानमा राखेर माखन भोगले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरिरहेको साथै मिठाईको स्वादसँगै ताजापन, गुणस्तरीय कच्चा पदार्थ, आकर्षक प्रस्तुति र स्वच्छ वातावरणलाई आफ्नो मुख्य आधार बनाएको माखन भोगको दाबी छ। ग्राहकले एकपटक स्वाद लिए पछि पुनः फर्किएर आउने क्रम बढ्दै गएको सञ्चालक छ । “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरी सेवा दिने हाम्रो प्रयास निरन्तर रहन्छ,” सञ्चालक रोशन अग्रवालले बताए ।
व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा केवल मिठाई बेचेर मात्र होइन, ग्राहकको स्वाद, स्वास्थ्य र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने माखन भोगको बुझाइ छ। मधेसको मौलिक खानपान र मिठाई संस्कृतिलाई व्यावसायिक पहिचानसँग जोड्दै अघि बढिरहेको माखन भोगले स्थानीय बजारमा बनाउँदै गएको लोकप्रियताले एउटा सन्देश भने स्पष्ट दिएको छ, स्वादसँग गुणस्तर जोडियो भने ग्राहक आफैं फर्किएर आउँछन्।