बिनोद मण्डल सिरहा – सिरहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटि ३ सरे अम्बास बस्नेत टोल तथा धनगढिमाई १४ मा पवित्र चर्चका सञ्चालक दीपक राईले आज मण्डलीको सँगती पछि स्थानिय गरीब विपन्न ,दलित पहिचान गरी कोभिड १९ को मारमा परेका र राहत कही कतैबाट नपाएका घर परिवारलाई पहिचान गरी ३० बोरा चामल व्यक्तिगत रूपमा आज स्थानीयलाई आमन्त्रण गरी राहत वितरण गरेको हो ।
व्यक्तिगत लगानीमा राहत पाएपछि स्थानिय खुशी भएका छन भने अाम मानिसको जीवनको दैनिकीसँग जोडिएको राहत वितरण एउटा उदाहरणीय काम भएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा स्थानिय सरकारले गर्न नसकेको अवस्थामा यस भेगमा राहत वितरण एउटा अशल काम मानिन्छ ।
