सामाज

रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकांस क्षेत्र डुवानमा

उपेन्द्र गोले रौतहट १८ असार । केही दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन । निरन्तर भइरहेको अबिरल वर्षाको पानी निकास हुन नसकेपछि चन्द्रपुरका विभिन्न स्थाहरु डुबानमा परेको हो । चन्द्रपुर नगर क्षेत्रका खहरे तथा चादी खोलाको बाढी बस्तिमा पसेपछि चन्द्रपुर पनि डुवानमा परेको हो ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ , ५ , ६ , ७ , ८ , ९ र १० का विभिन्न स्थानमा शुक्रबार निरन्तर परेको बर्षाको पानी निकास नहुदा र केही स्थानमा खहरेको पानी बस्तिमा प्रबेश गरेको छ । रौतहटको मुख्या क्षेत्र चन्द्रनिगाहपुर चोक समेत डुवानमा परेको छ । चन्द्रपुर नगरपालिकाले पुश्चिम राजमार्ग र गौर रोडमा ब्यबस्थित नालाको निर्माण कार्य गर्दै आएको छ तर सो नालामा पानी बग्न छाडेपछि कालोपत्रे सडकबाट नै पानी बग्ने गरेको छ ।
त्यसैगरि इलाका प्रशासन कार्यालय क्षेत्र , ठाडा टोेल , थोकर टोल , बजार क्षेत्र , झनझन टोल , पुर्व टोल , राजपेडा , थलाही टोल , मोतीपुर , सन्तपुर , सिमसार क्षेत्र , सिन्धुरेघारी , वनबोहरी , चेतनगर , नजरपुर , बसन्तपुर , डुमरिया लगायतका स्थान डुवानमा परेको स्थानियबासीले जानकारी दिएका छन ।