सामाज

सप्तकोशीमा पानीको बहाव सवा दुई लाख क्युसेक नाघ्यो, ३० ढोका खोलियो

सुनसरी असार १९ गते । तराई तथा पूर्वी पहाडी क्षेत्रमा भइरहेकाे  वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेकाे छ । अहिले सप्तकोशीमा पानीको बहाव सवा दुई लाख क्युसेक नाघेको छ । आज बिहान ९ बजे मापनअनुसार कोशीमा पानीको बहाव २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको हाे ।

पानी निकासीको लागि ५६ मध्ये ३० वटा ढोका खोलिएको कोशी कन्ट्रोल रुमले  जानकारी दिनुभयो ।