मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा आज थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
