सामाज

सप्तरीमा रविदास जन्म जयन्ती भव्यरुपमा सम्पन्न

सप्तरी राजविराज । चमार समुदायकले अाफ्नो कुल गुरुको रुपमा प्रत्येक वर्ष मनाउँदै अाएको जगत गुरु सन्त रविदास जन्म जयन्ती यस वर्ष पनि ६४४ अौं जन्म जयन्तीको रुपमा भव्य रुपमा मनाएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका ३, धार्मिक स्थानमा रहेको सन्त गुरु रविदास मन्दिरमा नेपाल राम समाजद्वरा अायोजित सो कार्यक्रमको अध्यक्षता शम्भुनाथ नगरपालिका नेपाल राम समाजका अध्यक्षता तथा दलित मुक्ति जागरण अभियानका जिल्ला सदस्य भुपनारायण रामले गरेका थिए भने प्रमुख अतिथि नेपाल राम समाजको केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सप्तरी संयोजक प्रथमलाल रामले गरेका थिए ।

त्यस्तै बिशिस्ट अतिथि भारतबाट अाएका मास्टर साहेव रामदेव राम त्यस्तै अतिथिहरुमा रामप्रसाद राम, चन्द्रनारायण राम, शिवजी राम, जामुन राम, रामभगत राम, गुलावदेवी राम, बन्दी राम, शिवशंकर राम, देवप्रसाद राम लगायतका थिए । मंचअासिन सबैले सन्त गुरु रविदासको महान बानी र वर्तमान दलितको समाजिक अार्थि, राजनीतिक अवस्थासँग जोडेर अा – अाफ्नो धारणा राखेका थिए ।