खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

लहान–११ मा तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

शम्भु चौधरी, लहान ३१ असोज । सिरहाको लहान नगरपालिका–११ पिडरबनीमा तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता शनिवार देखि सुरु भएको छ। स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद र स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, युवाहरूको प्रतिभा पहिचान गर्ने तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रममा लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिता शुरु भएको हो । प्रमुख अतिथि चौधरीका अनुसार प्रतियोगिताले स्थानीय युवामा खेलप्रति आकर्षण बढाउनुका साथै आपसी सद्भाव, भाइचारा र खेलकुद संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। फुटबल प्रतियोगितामार्फत स्थानीय खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

प्रतियोगितामा आठ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश चौधरीले बताए। प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने विश्वास लिइएको छ।

उदघाटन खेल सिसुवारी एफ सि र सुरूङा एफ सि बिच भएको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु ५१ हजार ट्रफी तथा प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई नगद रु ३१ हजार ट्रफी तथा प्रमाण् पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष चौधरीले बतए ।

सम्बन्धित वडाका वडा अध्यक्ष सुर्यनारायण चौधरीका अनुसार स्थानीय खेलप्रेमी तथा दर्शकको सहभागिताले प्रतियोगितालाई थप उत्साहजनक बनाएको बताए । प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा समेत यस्ता खेलकुद कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।