नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

समाजसेवी यादवद्धरा झाझपट्टी राम टोलमा झुल वितरण

शम्भु चौधरी, लहान १३ भदौ । नवराजपुर गाउँपालिका ५ झाझपट्टी राम टोलमा समाजसेवी जयकिशोर यादवद्वारा हरेक घरमा शनिबार झुल वितरण गरिएका छ।
समाजसेवी यादवले पालिकाभरिमै पछिल्लो समयमा वस्तीवस्तीमा पुगेर झुल वितरण गर्ने अभियान नै थालेका हो ।
शनिबार बिहान मात्रै झाझपट्टीमा ७० घरपरिवारलाई झुल सहयोग गरिएको छ । उहाँले हालसम्म १५ सय भन्दा बढी पालिकाभरिमा झुल वितरण गरेका समाजसेवी यादवले बताए।
अहिले गर्मी र वर्षातको मौसम भएकोले लामखुट्टेको प्रकोप बढ्दो छ । जसबाट बालबालिका, वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरु बढी प्रभावित हुने गरेको छ ।
उहाँहरुलाई सहयोगका लागि अभियान सञ्चालन गरिएको समाजसेवी यादवले बताए ।