• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको कामको विवरण गरे सार्वजनिक

नेपाल पोस्ट दैनिक
    January 14, 2023  मा प्रकाशित

Spread the love
      

बीरगंज ३० पुस । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९÷०८० को पुस मसान्त सम्मको एक महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत पुस १ महिनामा आफुले गरेको काम सार्वजनिक गरेका छन।

प्रहरी उपरीक्षक शाहको अनुसार आर्थिक बर्ष ०७९÷०८० पुस महिनामा प्रहरीले गरेको प्रगति विवरण संचारकर्मीलाई शुक्रवार सार्वजनिक गरे। पर्सा प्रहरीले पुस १ गते देखी २९ गते सम्म गरेको काम भन्सार छली , चोरी निकासी पैठारी गरी ल्याएको खाघान्न, ईलेक्ट्रोनिक सामान , सवारी साधन विभिन्न किसिमको कपडाहरु लगातका सामानहरु गरी ६ करोड ८२ लाख ४ सय ५२ रुपैया बराबरको अवैध सामानहरु पक्राउ गरी सम्बन्धित निकायलाई बुझाएको जनाएको छ त्यसैगरी पुस महिनामा मोटरसाइकल चोरीको मुद्दा १६ वटा दर्ता गरि १६ वटा मोटरसाइकल सहित १३ जना नेपाली र ३ जना बिदेशी नागरिकलाई पक्राउ गरेको छ भने विभिन्न मुद्दामा फरार रहेका ३५ जना अभियुक्त तथा ८ वटा प्रतिवादीलाई पक्राउ गरि ५ सम्मानित जिल्ला अदालतमा बुझाएको छ भने लागू औषध सम्बन्धि २३ वटा मुद्दा दर्ता गरि ३३ पुरुष र १ महिला सहित गाँजा ३८४ केजी , चरेश १ केजी , हेरोईन २१ ग्राम , फेनारगन एम्पुल १३५ पिस, डाईजिल्याब १२८ , नुर्फिन १३९ एम्पुल , नाट्राभेट ट्याब्लेट १४९९ पिस, कोरेक्स १४४ बोतल र १० कठ्ठामा लगाएको गाँजा र २ कठ्ठामा लगाएको अबैध अफिम नष्ट गरेको छ।

त्यसैगरि प्रहरीले कर्तव्य ज्यान गरेको अभियोगमा ३ जना माथी, ज्यान मार्ने उधोगमा २ जनामाथी, भवितब्य ज्यानमा २ जनामाथी, ज्यान समबन्धि १ जनामाथी झुणडीएर मृत्यु भएको ज्यान सम्बन्धि १ जनामाथी सवारी ज्यान सम्बन्धि १ जनामाथी सवारी अंगभंगमा १ जनामाथी, लागू औषधमा २२ जनामाथी अपहरण तथा शाररिक बन्धकमा १ जनामाथी, बैक तथा वित्तीयमा १ जनामाथी जबर्जस्ती करणीमा ६ जनामाथी, बाल यौन दुरुपयोग ,हातहतियार खरखजाना १,चोरी २१ ,कालो बजारी १,अभद्र व्यवहार ४४,ठगि तथा अपराधिक विश्वासघात ३,लिखित सम्बन्धि कसुर १ , निर्वाचन सम्बन्धि कसूर१,बैंकिङ कसूर १,कुटपिट अंगभंग १,मानव बेचबिखन तथा ओसार पोसार ३ गरि जम्मा १७० वटा मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शाहले संचारकर्मीहरुलाई पत्रकार सम्मेलनमा बताए।

अपराध अनुसन्धान तथा अपराध नियन्त्रणको लागि वीरगंज महानगरपालिका भित्र थप १२ वटा गरि जम्मा १०९ वटा विभिन्न स्थानहरुमा सिसिक्यामेरा जडान गर्नुको साथै प्रत्येक दिन २ घण्टा चेकजाच गर्ने गरिएको जनाए । प्रहरीले सिमावर्ति क्षेत्रमा आवशयकता अनुसार चेकजाँचमा वृद्धि गरि सिमानाका पुर्णरुपले कडाई गरेको प्रहरी प्रमुख शाहले बताउनुभयो ।

त्यसैगरी पर्सा जिल्लामा रहेको बिसमिल्लाह क्रसर उधोग, गंगा बालुवा उद्योग , यादव क्रसर उधोग, सत्यम शिवम बालुवा उधोग , जय नेपाल बालुवा उधोग र पप्पु कन्सट्रक्सन गिट्टी बालुवा उदोग गरि ७ वटा क्रसर उधोग बन्द गराएको जनाएको छ। पर्सा प्रहरीले पुस महिनामा १६ क्युफिट काठको गुलिया सहित १ थान सवारि साधन पक्राउ गरेको छ। त्यसैगरी प्रहरीले घरेलु मदिरा तयारी मदिरा २२ सय ३४ लिटर र कच्चापदार्थ ४६ सय ७० लिटर सहित २४ वटा मदिरा बनाउने भठी नष्ट गरेको हो पनी जनाएको छ । निरज पसवानलाई अपहरण गरि हत्या गरेको आुरोपमा शिक्षक दिलिप पटेल र शयाम यादवलाई पक्राउ गरेको बताए।

आफ्नो श्रिमतीलाई हत्या गरि मार्ने श्रिमान र देवरलाई समेत पक्राउ गरी नियन्त्रणमा लिएको जनाएकाछन । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पोसारमा ३ वटा मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरेको छ भन्ने अभद्र व्यवहारमा १ जनामाथी मुद्दा दर्ता गरि ३० जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको छ । त्यसैगरि हुण्डी कारोवारमा संलग्नमा १ जना मानिस सहित १२ लाख रुपैया बरामद गरेको जनाएको छ ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकजाचको क्रममा प्रहरीले ३१ लाख ६१ हजार ५ सय रुपैया राज्शव संकलन गरेको बताउनुभयो। त्यसै गरि प्रहरी उपरीक्षक शाहले भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेदेखि बीरगंज लगाएत ग्रामीण भेगसमेत पर्सा जिल्लाको शान्ति सुरक्षा व्यवस्था कायम गरेको समेत दावी गरे । उहाले प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उहाले बताउनुभयो।

एक महिनाको कार्यकालमा शान्ति सुरक्षाको राम्रो रहको दाबी गरेपनि कति दिन सम्म सुरक्षा व्यवस्था कायम राखछन त्यो भने हेर्न बाकि नै छ । प्रत्येक महिनाको अन्तिम दिनमा जिल्ला प्रहरी कार्यालयले गर्ने गरेको कामको विवरण सार्बजनिक पर्साका प्रहरी उपरीक्षक कोमल शाहले शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउदै आफुले यसैगरी काम गर्न जिल्ला भरीका प्रहरीहरुलाई निर्देशन दिएको समेत जिकिर गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑