प्रदिप सिंह महोत्तरी १४ साउन । महोत्तरीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । प्रहरीले प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई पक्राउ गरेको हो ।
कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पैदल हिडेर आइरहेका परियारलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध एक्सीपलन साइरुप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।