• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रेडियो सरगम सफलता पुर्वक आजदेखि पाँचौँ बर्षमा प्रवेश

नेपाल पोस्ट दैनिक
    September 26, 2020  मा प्रकाशित

Spread the love
      

रमिता नेपाल / लाल बिहारी यादव १० असोज –
नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल श्रावन १७ गते बाट परीक्षण प्रसारण सुरु गर्दै असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । “हरेक मनको आवाज” सुचना, संगीत र मनोरन्जनकाका लागि हरपल तपाईको साथ्” भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको छ। रेडियो सरगमले पहिलो बर्ष संविधान कार्यान्वयन, दोस्रो बर्ष स्थानीय तहमा निर्वाचनको वातावरण बनाउनमा आफुलाई केन्द्रीत गर्यो भने तेस्रो बर्ष समृद्धिका लागि खवरदारी गर्दै कृषी, शिक्षा, स्वास्थ्य, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै आएको छ।

त्यसैगरी नयाँ बनेका कानुन र दैनिक जीवनमा जोडिएका अन्य नयाँ नयाँ विषयहरुमा आम नागरिकलाई साक्षर बनाउनु पर्ने आवश्यकता यस सञ्चार संस्थाले देखेको छ । महिला शशक्तिकरण ,मनोसामाजिक समस्या ,महिला प्रजनन समस्या न्यूनीकरण, कानुनी साक्षरता, वित्तिय साक्षरता, सूचनाप्रविधि साक्षरता, स्वास्थ्य साक्षरता, सडक साक्षरता आदी दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयास नेपाली रेडियो नेटवर्क, एन्टेना फ़ाउनडेशन नेपाल , ओरेक नेपाल , दलित जनकल्याण युवा क्लव , पिएसआई नेपाल , मुक्ति नेपाल लगायत विभिन्न संघ -संस्था ,स्थानीय तह संग सहकार्य गरि गरिरहेको छ। स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको विषेश प्रस्तुती निर्वाचनमा नजर र न्युज बिट जस्तै नयाँ प्याकेजहरु मार्फत साक्षरताका लागि सम्वन्धीत निकायहरुसँग सहकार्य गरेर नयाँ अभियान चलाउने सोँच बनाएको छ।

पत्रकार ऋषि धमलाले संचालन गर्दै आउनु भएको नेपालका रेडियो कार्यक्रमहरु मध्ये देश विदेशमा सर्वाधिक लोकप्रिय नेपाली बहस र हरेक नेपालीको साझा प्रश्न बनेको जनता जान्न चाहन्छन ? प्रदेश २ को रेडियोहरु मध्ये सब भन्दा पहिला रेडियो सरगम ९३ मेगाहर्ज बाट गुञ्जिन सुरु गरेको सबैमा अवगतै छ। हामीले हरेक प्रस्तुतीलाई जनताको नजरबाट हेर्ने गरेका छौँ भने सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनु पर्ने वा सिक्नु पर्ने तर वेवास्ता गरिएको विषयलाई खास खबरको रुपमा हरेक दिन पहिलो खवर बनाउने गरेका छौँ । समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो आधारभूत समाचार शैली नै हो । कुनै दलिय झुकाब नदेखियोस् भन्ने तर्फ हामी अत्यन्त सतर्क छौँ । व्यवसायीकता र निश्पक्षताबाट हामी विचलित भएनौ र आगामी दिनमा पनि हुनेछैनौ । अझ शसक्त, जिम्मेबार र निश्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गर्दै स्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीत संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले बताउनु भयो।

उहाँले आफ्ना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, देश तथा विदेशमा रहेका स्रोता लगायत रेडियोलाई यस क्षेत्रकै उत्कृष्ट स्थान सम्म पुर्याउन सहयोग गर्नुहुने सबैलाई धन्यावाद ज्ञापन गर्दै” छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पु¥याउने अध्यक्ष शेखले प्रतिवध्ता जनाउनु भयो। रेडियो सरगमले विहान ४ः३० बजे देखि राति १२ बजे सम्म दैनिक प्रसारण दिदै आइरहेको यस क्षेत्रको एक मात्र रेडियो स्टेशन हो। यस रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑