• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँपालिका अध्यक्ष गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै

नेपाल पोस्ट दैनिक
    September 22, 2020  मा प्रकाशित

Spread the love
      

नवलपरासी , ६ असोज।नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई लगाम लगाउन उनैका वडाअध्क्षहरु एकजुट भएर कसिएका छन् । गाउँपालिकामा आफनो मनपरि गर्दै भष्टाचार र अनियमितता गर्ने र वडा अध्यक्ष समेतलाई कुटपिट गराउन खोजेपछि गाउँपालिकाका उपाध्यक्षको नृतेत्वमा ४ जना वडा अध्यक्षहरु उनी विरुद्ध खनिएका हुन् ।
आज परासी स्थित विपि स्मृति भवनमा गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा १ अध्यक्ष लल्लन यादव, वडा २ का अध्यक्ष रामनगिना सिंह, वडा ४ का अध्यक्ष संजय कुमार पाठक, वडा ५ का अध्यक्ष ओम प्रकाश तेली, कार्यपालिका सदस्य कमलेश माली, कार्यपालिका सदस्य ईन्दा हरिजन, कार्यपालिका सदस्य राजकुमारी सहितले गाउँपालिका अध्यक्ष दिपक गुप्ताको ज्यादती र अनियमितता बारे भाँण्डा फुटालेका हुन् ।
गाउँपालिका अध्यक्षद्धारा वडाअध्यक्ष माथि कुटपिटको प्रयास
गत भदांै ७ गते शुक्रबारका दिन गाउँपालिका दिपक गुप्ताले सोही गाउँपालिकाकाको वडा ५ का अध्यक्ष ओम प्रकाश गुप्तामाथि सांघातिक आक्रमण गरेको उलने सम्मेलनमा आरोप लगाए । वडा अध्यक्ष गुप्ताले भने, गाउँपालिका अध्यक्ष दिपकले पालेको मुद्रे गुण्डाहरु लगाएर म माथि कुटपिट गर्ने प्रयास गराएपनि आफुँ गाउँपालिका भित्र भएकाले सुरक्षित भएको तर मेरो वडाका कार्यालय सहयोगी राजेश कुर्मीलाई ५÷६ जना मुद्रे केटाहरु हेलमेट र मास्क लगाई कुटपिट गर्दै गाली ग्लौज आरोप लगाए ।
गत भदांै ७ गते शुक्रबार वडा अध्यक्ष गुप्ता कार्यालय पुगेका थिए कि उनले डयुटीमा खटिएका नगरप्रहरी कार्यालय अगाडी कुर्मीमा बसी रुखमा खुट्टा राखी एक महिला संग अनावश्यक गफ गरिरहेको देखेपछि उनको सिकायत गर्ने उद्देश्यले फोटो खिचेका थिए । तर ति नगर प्रहरीले गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई बढाईचढाई सुनाएपछि अध्यक्ष दिपक गुप्ताले बाहिरबाट वाईसिएलका ५÷६ जना पालिएका गुण्डाहरु लगाएर वडा अध्यक्ष ओम प्रकाश गुप्ता माथि आक्रमण गराएको वडा अध्यक्ष गुप्ताले सम्मेलन मार्फत जानकारी गराए ।
त्यस्तै पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष र ४ जना वडाअध्यक्ष सहित ३ जना कार्यपालिका सदस्यहरुले क्रोना भाईरसको रोकथाम तथा न्युनिकरणका लागि व्यवस्थापन गरिएको क्वारेन्टाईन, आईशोलेसन र स्वास्थ्य सामाग्री खरिदको खर्च भरपाई पटक पटक माग गर्दा नपाएको र सघ संस्थाद्धारा नगद तथा जिन्सी प्राप्त सहयोगको समेत विवरण दिन आलटाल गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै कार्यपालिकाको बोर्ड बैठकले १२ जना मात्र स्वयंसेक शिक्षक भर्नाका लागि निर्णय गरेपनि गाउँपालिका अध्यक्ष दिपकले सो निर्णयलाई लत्याउदै १४ जना भर्ना गरेको र सो भर्ना अवैधानिक रहेको भन्दै अख्तियार दुरुप्योग अनुसन्धान आयोग बुटवले पत्र पठाएपनि ति शिक्षकहरुलाई मद थपदै तलब खुवाउदै आएका विज्ञप्तीमा उल्लेख छ । पटक पटक ताकेदा गर्दापनि कार्यपालिकाको बैठक नबोलाउने र राजनितिक शक्तिको आँडमा धम्की र त्रास देखाउने कार्य गर्दै आएको वडाअध्यक्षहरुले आरोप लगाए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्रं यादव, अध्यक्षद्धय मुकरजी गिरी, नेपाली कांग्रेसका सचिव विक्रम यादव, पार्टीका जिल्ला नेता राधेश्याम पाठक, पार्टीको संगठन विभाग प्रमुख राजेन्द्र सहानी लगायतले भ्रष्टाचार र कुटपिट गर्ने गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई कार्वाहीको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सो पत्रकार सम्मेलनमा र आगामीका दिनमा गरि कार्यहरुहरु प्रति जसपको पुर्ण साथ र सहयोग हुने जसपाले जनाएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑