• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुङ्गा नगरपालिकामा एक दिने अभिमुखिकरण सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 21, 2020  मा प्रकाशित

Spread the love
      

सप्तरी  ५ , असोज । सप्तरीको सुरुङ्गा नगरपालिकामा आज एक दिने एकीकृत पाठ्यक्रम प्रधानाध्यापक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री मसिलाल जनता माध्यमिक बिधालय कुशहामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका आधारभुत तहमा शिक्षण गर्ने बिधालयका प्रधानाध्यापकहरु संग पाठ्यक्रम अनुसारको शिक्षण गर्ने विधिहरुको बारेमा छलफल भएको जनाईएको छ ।
अभिमुखिकरण कार्यक्रममा आधारभुत तह अन्तर्गत कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम २०७६ ले निर्देश गरेको बिधि प्रयोगात्मक रुपमा कार्यान्वयन गरेमा बिद्यार्थीहरुको पठन पाठन प्रभावकारी हुने बिषयमा समेत छलफल भएको छ ।
करिब छ महिनाको लामो बन्दले पुर्णरुपमा शिक्षाक्षेत्र प्रभावित भएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताउनुभएको छ । कार्यक्रमको समापन समाहरोहमा बोल्दै उहाँले शिशु कक्षामा मन्टेश्वरी विधि प्रयोग गरि शिक्षण गरेमा प्रभावकारी हुने बताए । सामुदायिक बिधालयमा खासगरी आर्थिक अबस्था न्यून भएका अभिभावकहरुको बिद्यार्थी पठन पाठन गरिरहेको हुँदा उनीहरुको भबिष्य माथी शिक्षकहरुलाई खेलवाड गर्न नहुने चौधरीले बताए ।
दक्ष जनशक्ति भएपनी सामुदायिक बिधालय प्रति अभिभावकको बिश्वास घटनुको प्रमुख कारण पठन पाठनमा सुधार नहुनु हो ,` उनले भने सामुदायिक बिधालयको पठन पाठन सुधार गर्न स्थानीय तहले पनि समय समयमा ठोस निर्णयहरु गनुपर्ने बताए । ;
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित कार्यक्रममा एकीकृत पाठ्यक्रम बारे सहभागीहरुको ज्ञान् सीप र धारणा मा परिवर्तन ल्याई पाठ्यक्रममा आधारित भएर कार्यक्षेत्रमा कार्यान्वयन गराउने मुख्य उदेश्य रहेको सबल नेपालका फिल्ड अफिसर राधेश्याम रामले बताएका छन् ।
सबल नेपालको सहयोग र सुरुङ्गा नगरपालिकाको आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण सो नपाका स्रोत ब्याक्ती भोगेन्द्र कुमार यदव , प्रअ सुर्यनारायण चौधरीले गरेका थिए ।
१९ जनाको सहभागीता रहेको कार्यक्रमको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकृत हिरालाल राणाले उदघाटन गरेको सबल नेपालका शिक्षा फिल्ड अधिकृत नीरबहादुर आलेले जानकारी दिनुभयो ।
यसैबिच सेभ द चिल्ड्रेन , सबल नेपालकै सहयोग र सुरुङ्गा नगरपालिकाको आयोजनामा शनिबार ५ दिने एकीकृत पाठ्यक्रम प्रवोधिकरण तालीमको पनि समापन भएको छ । सुरुङ्गा नगरपालिका भित्रका २० वटा बिधालयका कक्षा १ मा अध्यापन गराउने शिक्षकको सिपमा दक्षता ल्याउन तालीम गरिएको आयोजकले जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑